आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

आइतबार, ११ चैत २०८०, १० : ४८
आइतबार, ११ चैत २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदैछन् । श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । 

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ सहितको टोली चीन भ्रमण जान लागेको हो । 

उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने कार्यसूची छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप