टिकट पाउनेबित्तिकै बढ्यो कङ्गनाको ‘मुस्किल’
नयाँ दिल्ली । पछिल्ला केही दिनयता बलिउड अभिनेत्री कङ्गना रनौत लगातार चर्चामा छिन् । बलिउडकी क्विनलाई भारतीय जनता पार्टी (भाजपा)ले हिमाचल प्रदेशको मंडी लोकसभा सिटबाट चुनावमा उभ्याउने भएको छ । यो खबरले कङ्गनाका फ्यानहरू निकै खुसी देखिन्छन् । तर कतिपयले उनलाई ट्रोल पनि गरिरहेका छन् । यतिबेला कङ्गनाको एउटा पुरानो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । यो भिडियोमा कङ्गनाले अभिनेत्री उर्मिला मातोन्डकरको खिल्ली उडाइरहेकी छिन् ।
कङ्गना रनौत बलिउडमा मुखमा आएको कुरा बोलिहाल्ने बानी भएकी अभिनेत्रीको रूपमा चिनिन्छिन् । इन्टरनेटमा भाइरल भइरहेको भिडियोमा कङ्गना भन्छिन्, ‘मैले उर्मिला मातोन्डकरको त्यो अन्तर्वार्ता हेरेँ । उनी मेरो सङ्घर्षको मजाक बनाइरहेकी छिन् । मलाई निकै दुःख लाग्यो ।’ कङ्गनाले आफ्नो कुरा जारी राख्दै अगाडि भनेकी छिन्, ‘उर्मिला मातोन्डकरलाई कम्तीमा पनि उनको अभिनयको लागि टिकट दिइएको होइन । उनले कस्तो फिल्म गरेकी छिन् सबैलाई थाहा छ । उनी जस्तो स्टारले टिकट पाउन सक्छ भने मैले किन पाउँदिन ?’
अहिले नेटिजन्सहरुले सामाजिक सञ्जालमा कङ्गनालाई व्यापक ट्रोल गरिरहेका छन् । सोमबार कांग्रेसकी एक नेतृले कङ्गनाबारे आपत्तिजनक पोस्ट गरेकी थिइन् । त्यो पोस्ट आएपछि कङ्गनाले नारी अस्मितामाथि हमला भएको कुरा गरेकी थिइन् । सन् २०२० मा एउटा अन्तरवार्ताका क्रममा कङ्गनाले फिल्म अभिनेत्री जया बच्चनलाई लिएर विवादास्पद बयान दिएकी थिइन् । सोही बयानमाथि उर्मिलाले कङ्गनालाई घेरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला, ११ सैनिक र २ सर्वसाधारणको मृत्यु
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
नेपाली चियामा भारतीय अवरोध नीतिगतभन्दा पनि व्यावहारिक जटिलता बढी
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण