बझाङमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय, सुदूरपश्चिम प्रदेश समिति बेखबर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसँग कुनै छलफल नगरी बझाङ १ (१) मा हुन लागिएको प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले वैशाख १५ गते हुने इलाम २ र बझाङ १ (१)मा उम्मेदवारी दिने निर्णय गरेको हो । तर यसबारे आफूलाई केही जानकारी नभएको माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले बताए ।
‘उम्मेदवार सिफारिसको विषयमा केन्द्रबाट कुनै जानकारी आएको छैन । उम्मेदवार सिफारिसको विषयमा अहिलेसम्म छलफल पनि भएको छैन । माथिबाट जानकारी आएमा प्रक्रिया अगाडि बढाउनुपर्ला’, अध्यक्ष चौधरीले भने । यस्तै केन्द्रीय सदस्य ओमप्रकाश पुनले पनि उम्मेदवारी उठाउने विषयमा कुनै जानकारी नआएको बताए । ‘उम्मेदवारी दिने विषयमा पदाधिकारी बैठकले निर्णय गरेपछि जिल्लाले छलफल गरेर अगाडि बढाउँछ’, पुनले भने ।
यद्यपि इलाम २ मा केन्द्रको निर्देशनमा उम्मेदवार सिफारिस भएको कोशी प्रदेश माओवादीका अध्यक्ष हर्कबहादुर नेम्बाङले दाबी गरेका छन् । उनले केन्द्रको निर्देशन र स्थानीय नेता तथा कार्यकर्ताको तीव्र दबाबमा उम्मेदवार सिफारिस गरेको बताए ।
मंगलबार माओवादी इलाम जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिनासहित उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीलाई सिफारिस गरेर पठाएको छ । माओवादीको बैठकले पनि जिल्लाको समन्वयमा उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।
माओवादीको निर्णयसँगै जसपाबाहेक गठबन्धन दलहरूले आ–आफ्नै उम्मेदवार घोषणा गरेका छन् । आ–आफ्नै उम्मेदवारी दिने गठबन्धन दलहरूको निर्णयले प्रमुख प्रतिपक्षी दललाई केही राहत मिलेको छ । तथापि सत्ता सौदाबाजीका लागि दलहरूले आ–आफ्ना उम्मेदवार अगाडि सारेको हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण