आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

७ वर्ष जेठा अभिनेतासँग अदिति राव हैदरीले गरिन् गुपचुप बिहे

बुधबार, १४ चैत २०८०, १४ : २२
बुधबार, १४ चैत २०८०

नयाँ दिल्ली । भारतीय अभिनेत्री अदिति राव हैदरीले गोप्य तरिकाले बिहे गरेकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार लामो समयदेखिको प्रेमी अभिनेता सिद्धार्थसँग बिहे गरेकी हुन् । तेलंगनाको वानापर्थी जिल्लाको श्रीरंगपुरमा रहेको रंगनायकस्वामी मन्दिरमा उनीहरूले बिहे गरेको बताइएको छ । यही मन्दिरमा बुधबार बिहे भएको भन्दै विभिन्न तेलुगु समाचार आउटलेटहरूले समाचार छापेका छन् ।

अदिति र सिद्धार्थ लामो समयदेखि लिभ–इन–रिलेशनशिपमा बस्दै आएका छन् । सिद्धार्थ अदितिभन्दा ७ वर्ष जेठा छन् । सन् २०२१ मा आएको फिल्म ‘महा समुद्रम’को सुटिङका क्रममा यी दुईबीच प्रेम शुरु भएको बताइएको छ । सिद्धार्थ र अदिति दुबैले यो बिहेको आधिकारिक पुष्टि गरेका छैनन् । बिहेका फोटोहरू पनि इन्टरनेटमा आएका छैनन् । बिहेको घोषणा नव दम्पतीले बुधबार साँझसम्म गर्न सक्ने बताइएको छ । फ्यान र साथीभाइहरूले भने अदिति र सिद्धार्थको सामाजिक सञ्जाल ह्यान्डलमा शुभकामना ओइराइरहेका छन् ।

दोस्रो बिहे

अदिति र सिद्धार्थ दुबैको यो दोस्रो बिहे हो । यस अघि अदितिले सन् २००९ मा तत्कालीन प्रेमी अभिनेता सत्यदीप मिश्रासँग लुकीछिपी बिहे गरेकी थिइन् । तर यो बिहे ४ वर्ष पनि टिकेन । सम्बन्धमा दरा आउन थालेपनि सन् २०१३ मा अदिति र सत्यदिपबिच सम्बन्ध विच्छेद भयो । सिद्धार्थले पनि सन् २००३ मा मेघनासँग बिहे गरेका थिए । तर सन् २००७ मा दुबै अलग भए अनि सम्बन्ध बिच्छेद गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप