राम्रो शो नपाएको भन्दै ‘सलिना’ को प्रदर्शन स्थगित
काठमाडौंँ । फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएको छ । भोलि शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्मको अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरिएको छ । फिल्मका निर्देशक तेजसराज जोशी हुन् ।
चलचित्र घरले फिल्मलाई राम्रो र उपयुक्त शो नदिएको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको निर्देशक तेजस राज जोशीले बताए । ‘चलचित्र घरले हामीलाई हेपेर बिहान र ११ बजेको शो दिएको छ’, जोशीले भने– ‘पहिलो दिनमा राम्रो र उपयुक्त शो त दिनुपर्यो नि ।’
नेपालमा पहिलोपटक एनिमेश फिल्म बनाएकाे बताउँदै हलले प्रोत्साहन गर्नुको साटो आफूहरुलाई शो नदिएर हेला गरेको जोशीले सुनाए । ‘पछि उपयुक्त शो मिल्ने समयमा लगाउने छौँ’ उनले थपे । ‘सलिना’ नेपालमा बनेको पहिलो एनिमेटेड फिल्म हो । रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको फिल्म निर्देशक तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन फिल्ममा छ ।
सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइँकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाशसिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारको रहेको छ । फिल्म विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता सुरेश पौडेल, सुशील नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।
‘सलीना’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडि बढेको छ ।
चलचित्र सेन्सर वोर्डबाट फिल्मले यू सर्टिफिकेट पाएको छ । विशेष गरेर बालबालिका लक्षित भएपनि फिल्म सबैका लागि उपयुक्त रहेको निर्देशक तेजसराज जोशी बताउँछन् । जोशीले ६ जना साथिहरुसँग मिलेर ६ बर्ष लगाएर फिल्म निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण