हाम्रो नेपाली पार्टीका बज्राचार्यको शपथ आजै, मुख्यमन्त्रीसँग तीन सर्त
हेटौँडा । बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यको शपथ बिहीबार साँझ हुने तय भएको छ । उनी माओवादीबाट मुख्यमन्त्री रहेका शालिकराम जम्कट्टेलाई समर्थन गर्दै मन्त्री बन्न राजी भएसँगै साँझ साढे ६ बजेका लागि शपथको कार्यक्रम तय गरिएको हो । प्रदेश प्रमुख कार्यालयले साढे ६ बजेका लागि शपथको कार्यक्रम तय भएको रातोपाटीलाई बतायो ।
उनी विभिन्न तीन वटा सर्त पूरा गर्ने आश्वासनका साथ जम्कट्टेललाई समर्थन गर्न राजी भएको बताइएको छ । रातोपाटीसँग कुराकानी गर्दै बज्राचार्यले केन्द्रीय नेतृत्वले ठोस निर्णय नदिएकाले आफूले मतदाताको भावनाअनुसार निर्णय लिएको बताए । उनले भने, ‘मतदाताको भावना बुझेर सर्तनामासहित मन्त्री बन्न आएको हुँ ।’
उनले आफू कुनै अपहरणमा नगरेको समेत बताए। यसअघि पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले बिहीबार बागमती प्रदेशको राजनीतिक अवस्था र पार्टीको भूमिकालाई लिएर आफ्नो पार्टीका सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको तर छलफलअघि नै पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य सम्पर्कविहीन भएको बताएका थिए ।
बज्राचार्यका अनुसार यस्ता छन् सर्त
–विगतको कमीकमजोरी स्वीकार गरेर लिखित गर्नुपर्ने,
–प्रदेशमा रहेका १२ मन्त्रालयलाई ११ कायम गर्नुपर्ने, यस्तै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई संस्कृति तथा पर्यटन मन्त्रालयमा गाभेर आफूलाई दिनुपर्ने,
–सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेवारिसे अवस्थामा राजधानीबाट निजी कार बरामद
-
कर्तव्य ज्यान घटनामा फरार नौ वर्षपछि पक्राउ
-
साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो
-
फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
-
शिक्षा मन्त्रालयको समितिले काम नगरेपछि पूर्वसचिवको नेतृत्वमा अर्को समिति गठन
-
इजरायल र हमासबिच युद्धविरामको प्रयास तीव्र