सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु

शुक्रबार, १६ चैत २०८०, १४ : ५६
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।

बजगाईं बाग भैरव माविका शिक्षक हुन् । गएराति बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको मोटरसाइकल बजगाईंले चलाएका हुन् । उनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप