बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

छत्तीसगढमा सडक दुर्घटना : १० जनाको मृत्यु, २२ जना घाइते

सोमबार, १७ वैशाख २०८१, १० : २२
सोमबार, १७ वैशाख २०८१

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । 

‘बेमेतराको पाथर्रा गाउँका करिब ३० जना मानिस पारिवारिक समारोहबाट पिकअप गाडीमा चढेर फर्किरहेका थिए । कठिया गाउँ नजिकै अबेर रात सो पिकअप गाडी पहिलादेखि नै सडकमा रोकेर राखिएको एक ट्रकमा ठोक्कियो,’ जिल्ला अधिकारीले बीबीसीलाई भनेका छन् ।

नौ जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका पनि छन् । यसबाहेक २२ जना गम्भीर घाइते भए । 

दुर्घटनामा परी घाइते भएकाहरूलाई स्थानीय जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर चार जनालाई रायपुरस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप