प्रदेश नम्बर ६: सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी*
सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसँग भेटघाट गरेका छन् । आइतवार विहान साढे ११ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश गरेका थिए ।
मन्त्रिपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारको शनिवार सम्पन्न मन्त्रीपरिषद वैठकले चालु आर्थिक वर्ष २०७४÷७५को लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।
सोमवार बस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण