गजल
शनिबार, १७ चैत २०८०, १७ : ४४
काम, क्रोध, लोभ, मोह, जलाउँदै उठ
अन्तर्मनमा ज्ञानको तरबार, चलाउँदै उठ
उकुसमुकुस अहङ्कार यो, दुःखदायी संसार
अहङ्कारका लप्काहरू, गलाउँदै उठ
छेकबार छैन यहाँ, संसार जित्न सक्छौ
प्रेम, सद्भाव, करण फल, फलाउँदै उठ
भ्रष्टाचारी, तस्करीको, बिगबिगी छ यहाँ
तिनका एक–एक साम्राज्यलाई, ढलाउँदै उठ
मुखमा रामराम बगलीमा, छुरा बोक्छन् यहाँ
तिनका हजार षडयन्त्रलाई, छलाउँदै उठ
अर्को हैन यही जन्ममा, मुक्त हुनुपर्छ
सपनाका लाखौँ मुना, पलाउँदै उठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण