चलचित्र संघको अध्यक्षमा महर्जन
आइतबार, १८ चैत २०८०, ११ : ०३
काठमाडौँ । हलवालाहरूको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार आयोजित संघको ४९ औँ वार्षिक साधारणमा भएको कार्यसमिति निर्वाचनमा उनले प्रत्याशी कुवेर शर्मालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
महर्जनले शर्मालाई ६० मतले पछि पर्दै विजय हासिल गरेका थिए । महर्जनले १०६ मत प्राप्त गर्दा शर्माले ४६ मत प्राप्त गरे ।
साधारणसभाबाट सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित छन् ।
निर्वाचित सदस्यहरूबाट आइतबार बस्ने कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनीत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण