बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र संघको अध्यक्षमा महर्जन

आइतबार, १८ चैत २०८०, ११ : ०३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । हलवालाहरूको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार आयोजित संघको ४९ औँ वार्षिक साधारणमा भएको कार्यसमिति निर्वाचनमा उनले प्रत्याशी कुवेर शर्मालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

महर्जनले शर्मालाई ६० मतले पछि पर्दै विजय हासिल गरेका थिए । महर्जनले १०६ मत प्राप्त गर्दा शर्माले ४६ मत प्राप्त गरे । 

साधारणसभाबाट सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित छन् ।

निर्वाचित सदस्यहरूबाट आइतबार बस्ने कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनीत गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप