कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका हुन् । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिन लागे पनि अहिलेसम्म नेतृत्वको टुङ्गो भने लागिसकेको अवस्था छैन । कर्णालीमा एमालेले पनि दाबी गरेकाले अहिलेसम्म केन्द्रले टुङ्गो लगाउन नसकेको हो । स्रोतका अनुसार मुख्यमन्त्री शर्माले आज बिहान एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग छलफल गरेका छन् । वीरेन्द्रनगरको भैरवस्थानमा रहेको कँडेल निवासमै पुगेर शर्माले छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण