मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान (सूचीसहित)

आइतबार, १८ चैत २०८०, १५ : ०७
आइतबार, १८ चैत २०८०

चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्ररेग्मीले संयुक्त रूपमा  स्रस्टाहरूलाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

 प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको छ ।

भरतपुर–४ चितवन निवासी थापालाई  ५० हजार७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी कृष्ण बम मल्ल प्रज्ञा सम्मान प्रा.डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर– १२ निवासी बानियाँलाई  ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो । त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डि.आर. पोखरेललाई प्रदान गरिएको छ । संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी पोखरेललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कारसिम्रन क्षेत्रीको  झुमर उपन्यासलाई दिइएको छ । भरतपुर–१ नारायणगढ निवासी क्षेत्रीलाई रु. २५ हजार ७८, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कविता संग्रहलाई दिइएको छ ।

 पुरस्कारको राशि रु. २५ हजार ७८ रुपैयाँ सम्मान पत्र रहेको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेवखनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । पुरस्कारको राशि रु. २५हजार ७८ र सम्मानपत्र रहेको छ ।

त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्साललाई रु. ४० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई रु. ३० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्कालाई रु. २० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान  र राधिका कल्पित (राधिका गौतम पौडेल)      को अब लजाउँदैन लज्जावती शीर्षकका कथाले प्रोत्साहन स्थान हासिल गरे ।

दुबैलाई जनही रु. १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले रु. १० हजार ७८ र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो ।

उनले रु.८ हजार ७८ र प्रमाणपत्र पाइन् ।त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनलाई रु. ६ हजार ७८र प्रमाणपत्र दिइयो ।त्यस्तै प्रोत्साहन पुरस्कार प्राप्त गरेका   सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप