गुल्मीमा डुबेर दुई युवकको मृत्यु
आइतबार, १८ चैत २०८०, १५ : ५५

गुल्मी । गुल्मीको बढीगाड खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । शनिबार डुबेर बेपत्ता भएका दुई युवकको शव आइतबार भेटिएको हो । शनिबार अपराह्न अन्दाजी ५ बजे मुसिकोट नगरपालिका ४ आरु पाटाका २१ वर्षीय सन्दीप कुमाल खोलामा डुबेका थिए ।
सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रमका डुबेर बेपत्ता भएका थिए । उनको शव ग्वादीकाचौर नजिकै बढिगाड खोलामा जाल बेरिएको अवस्थामा फेला परेको हो ।
त्यस्तै आइतबार दिउँसो गुल्मी दरबार गाउँपालिका २ उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारूको शव बढिगाड खोलाको सोता भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सारू हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यमान चौधरीले एउटै खोलामा दुई जनाको डुबेर मृत्यु भएको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती
-
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
-
कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु
-
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति
-
बेनी–जोमसोम–कोरला सडक खण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव