मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तृप्ति डिमरी घाँसको भारी बोकेर आएपछि...

सोमबार, १९ चैत २०८०, १६ : १८
सोमबार, १९ चैत २०८०

नयाँ दिल्ली । रणवीर कपूर र बबी देओलको फिल्म एनिमलले शानदार कमाइ गरेर कयौँ रेकर्ड बनायो । यो फिल्मले रणवीर कपूरलाई शाहरुख खान लगायत बलिउड स्टारको दाँजोमा ल्याएर उभ्याइदियो । 

बबी देओलको सुस्ताएको करियरलाई नयाँ मोड दियो । एनिमलमा भिलेन बनेर चर्चामा आएका देओलको हातमा यति बेला कयौँ ठुला बजेटको फिल्ममा भिलेनको रोल छ ।

छोटो भूमिकामा देखिएकी तृप्ति डिमरी पनि निकै चर्चामा आइन् । फिल्ममा तृप्ति डिम्रीको ग्ल्यामरस भूमिका हेरेर धेरैले उनलाई भाउजू भन्न थाले । यो फिल्मबाट तृप्ति भारतको नेशनल क्रस नै बनिन् । यतिबेला सामाजिक सञ्जालमा तृप्तिको एउटा पुरानो भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा पहाडी क्षेत्रमा उनी ढाडमा घाँसको ठुलो भारी बोकेर हिँडिरहेको देखिन्छिन् । उनको सुन्दरता र सादगी देखेर फ्यानहरु उनीप्रति ‘फिदा’ भएका छन् ।

तृप्तिले केही दिनअघि आफ्नो आधिकारिक इन्स्टामा यो भिडियो पोस्ट गरेकी थिइन् । यस भिडियोमा उनी निकै सामान्य कुर्ता र जीन्समा घाँसको भारी बोकेर गाउँको गोरेटो बाटोमा हिँडिरहेको देखिन्छिन् । क्याप्सनमा चाँहि उनले ‘पहाडी गर्ल फॉरएभर’ लेखेकी छिन् । यो भिडियोमा तृप्तिको सादापनलाई सादगीलाई उनका फ्यानहरूले निकै मन पराइरहेका छन् । पर्दामा बोल्ड क्यारेक्टरको भूमिका खेलेर लोकप्रिय भएपनि रियल लाइफमा उनी निकै सरल छिन् । यो भिडियोमा फ्यानहरूले व्यापक लाइक कमेन्ट वर्षाइरहेका छन् ।

रातोरात बनेकी थिइन् नेशनल क्रश

एनिमलमा तृप्ति रणवीर कपूरको प्रेमीको भूमिका देखिएकी थिइन् । उनको भूमिका फिल्ममा सानो तर विशेष थियो । यसबाट उनले फिल्मकी मुख्य अभिनेत्री रश्मिका मन्डनाको भन्दा बढी चर्चा पाइन् । उनलाई धेरैले नेशनल क्रश भनेर बोलाउन थाले । फिल्ममा रणवीर कपुरका साथीहरूले तृप्तिलाई भाभी नम्बर २ भनेर सम्बोधन गरेका छन् । यो फिल्म आएपछि फ्यानहरूले तृप्तिलाई भाभी भनेर पनि बोलाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप