रञ्जिता श्रेष्ठको पहिलो एक्सन, बागमती र गण्डकी प्रदेशका अध्यक्षलाई निकालिन् पार्टीबाट
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योन्जन तामाङ र एवं गण्डकी प्रदेशका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासन गरेकी छिन् । हिजो अनामनगरमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा र रमेश विश्वकर्मालाई कुटपिट गरेपछि उनले पार्टीबाट निष्कासन गरेकी हुन् ।
अध्यक्ष श्रेष्ठले हिजै अध्यक्ष तामाङ र गुरुङलाई निष्कासन गरेको पत्र पठाएकी थिइन् । रञ्जिता श्रेष्ठले बोलाएको संस्थापक केन्द्रीय सदस्यको बैठकमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरू सहभागी भएपछि पार्टी कार्यालयमा विवाद भएको थियो । विवादको क्रममा रेशम चौधरी पक्षका नेताहरूले रञ्जिता पक्षका नेताहरूलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
तर रेशम चौधरीले यसरी कसैलाई कुटपिट नगरिएको दाबी गरेका छन् । उनले चैत २३ गतेका लागि महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक बोलाएका छन् । यही बैठकबाट सबै कुराको छिनाफोनो हुने चौधरी बताउँछन् ।
यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशदेखि केन्द्रसम्म वर्तमान गठबन्धनमा पार्टी सहभागी हुने निर्णय गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण