बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रञ्जिता श्रेष्ठको पहिलो एक्सन, बागमती र गण्डकी प्रदेशका अध्यक्षलाई निकालिन् पार्टीबाट

मङ्गलबार, २० चैत २०८०, १६ : ०५
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योन्जन तामाङ र एवं गण्डकी प्रदेशका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासन गरेकी छिन् । हिजो अनामनगरमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा र रमेश विश्वकर्मालाई कुटपिट गरेपछि उनले पार्टीबाट निष्कासन गरेकी हुन् ।

अध्यक्ष श्रेष्ठले हिजै  अध्यक्ष तामाङ र गुरुङलाई निष्कासन गरेको पत्र पठाएकी थिइन् । रञ्जिता श्रेष्ठले बोलाएको संस्थापक केन्द्रीय सदस्यको बैठकमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरू सहभागी भएपछि पार्टी कार्यालयमा विवाद भएको थियो । विवादको क्रममा रेशम चौधरी पक्षका नेताहरूले रञ्जिता पक्षका नेताहरूलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

तर रेशम चौधरीले यसरी कसैलाई कुटपिट नगरिएको दाबी गरेका छन् । उनले चैत २३ गतेका लागि महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक बोलाएका छन् । यही बैठकबाट सबै कुराको छिनाफोनो हुने चौधरी बताउँछन् । 

यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशदेखि केन्द्रसम्म वर्तमान गठबन्धनमा पार्टी सहभागी हुने निर्णय गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप