सत्ता राजनीति
एमाले संसदीय दलका नेता यामलाल कँडेल फेरि मुख्यमन्त्री निवासमा
मङ्गलबार, २० चैत २०८०, १३ : ३०
सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल अहिले पुनः मुख्यमन्त्री निवासका पुगेका छन् । मङ्गलवार साँढे १ बजे उनी मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागि पुगेका हुन् ।
यसअघि मङ्गलवार बिहान पनि उनी मुख्यमन्त्रीसँग छलफलका लागि पुगेका थिए ।
कँडेलसँग छोटो छलफलपछि माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । त्यसयता पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल भइरहेको छ। सोही छलफल चलिरहँदा फेरि कँडेल पनि पुगेका हुन् ।
सत्ता गठबन्धनभित्र कर्णालीको नेतृत्व एमालेलाई दिने गरी सहमति भए पनि माओवादी भित्रको असन्तुष्टिले कार्यान्वयनमा समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण