माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै यामलाल कँडेल पुनः मुख्यमन्त्री निवासमा
मङ्गलबार, २० चैत २०८०, १८ : ५८
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल तेस्रो पटक मुख्यमन्त्री राजकुमार शर्माको निवासमा प्रवेश गरेका छन् ।
अपराह्न साढे चार बजेदेखि चलेको माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै नेता कँडेल पुनः मुख्यमन्त्री निवास छिरेका हुन् ।
दिउँसो एमाले प्रदेश इन्चार्ज लेखराज भट्टको साथमा त्यहाँ पुगेका कँडेलले अहिले दलका प्रमुख सचेतक टेकराज पछाईलाई लगेर मुख्यमन्त्री निवास पुगेका हुन् । मुख्यमन्त्री निवासमा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा र माओवादी प्रदेश अध्यक्ष विमला केसी छन् ।
माओवादी संसदीय दलको बैठकले बुधबार जसरी हुन्छ विश्वासको मत लिने र त्यसपछि नेतृत्व हस्तान्तरण गरिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण