बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबिच भेटवार्ता

मङ्गलबार, २० चैत २०८०, २० : ४२
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबिच  मंगलबार शिष्टाचार भेट भएको छ । 

उनीहरूबिच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ–गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदूत प्रिन्जसँग छलफल गरेका छन् ।

उनले भोकेसनल ट्रेनिङ्मा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए । 

राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ–गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाए । 

गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृहमन्त्रालयबिच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप