बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् ‘समवेत’ कला प्रदर्शनी

बिहीबार, १८ असार २०८३, १५ : ३५
बिहीबार, १८ असार २०८३

काठमाडाैँ। ललितकला केन्द्रीय विभागको संयोजन (क्युरेसन) मा ‘समवेत’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ।

प्रदर्शनीमा मास्टर्स इन फाइन आर्टका २० जना कलाकारका मौलिक कलाकृतिहरू प्रस्तुत गरिएका छन्। प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, भिडियो आर्ट, इन्स्टलेसन तथा पर्फर्मेन्स (न्यु मिडिया कला) लगायत विभिन्न विधाका सिर्जनाहरू समावेश छन्।

‘समवेत’ शीर्षकले विविध सोच, फरक पृष्ठभूमि र कलात्मक दृष्टिकोण भएका कलाकारहरू एउटै साझा मञ्चमा भेला भई आफ्ना सिर्जनामार्फत संवाद गर्ने अवधारणालाई प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।

प्रदर्शनी असार १७ गतेदेखि असार २० गतेसम्म सञ्चालन हुनेछ। 

pradarsani (1)pradarsani (2)pradarsani (3)pradarsani (4)pradarsani (5)pradarsani (6)pradarsani (7)pradarsani (8)pradarsani (9)pradarsani (10)pradarsani (11)pradarsani (12)pradarsani (13)pradarsani (14)pradarsani (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप