ताइवान भूकम्प अपडेट : मानिसहरू क्षतिग्रस्त भवनमा फसे, चार जनाको मृत्यु
ताइपेई । बुधबार बिहान ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर हालसम्म चार जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सी (एनएफए) ले जानकारी दिएको छ ।
एनएफएका अनुसार सबै जनाको मृत्यु हुवालेन काउन्टीमा भएको हो । यसअघि हाइकिङमा गएका एक व्यक्ति मृत फेला परेका थिए । कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले अझै पनि क्षतिको विवरण सङ्कलन गर्ने प्रयास गरिरहेको जनाएका छन् ।
यता ताइवानको सेन्ट्रल इमर्जेन्सी कमान्ड सेन्टर (सीईओसी)ले भूकम्पमा कम्तीमा २६ वटा भवन ढलेको बताएको छ । यसमध्ये ७ वटा भवनमा मानिसहरू फसेको रिपोर्ट प्राप्त भएको सीईओसीको भनाई छ । यसमध्ये भूकम्पको केन्द्रबिन्दु नजिक रहेको हुवालेन काउन्टीमा १५ वटा भवनमा क्षति पुगेको छ ।
भूकम्पले त्यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । ९१ हजार परिवार विद्युत्विहीन बनेको सीईओसीले जनाएको छ । यता पूर्वी ताइवानमा रेल सेवा पनि रद्द गरिएको छ । आज नै त्यसलाई सुचारु गरिने सेन्टरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण