पर्सामा लगातार तीन बाघ मारिएको भन्दै अधिकारकर्मीको विरोध
काठमाडौँ । पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएकोबारे अधिकारकर्मीहरूले विरोध जनाएका छन्। बाघ तथा सबै खालका पशुपक्षीकाे पक्षमा काम गरिरहेका संस्थाहरूले काठमाडौँ बालुवाटारस्थित डब्लूडब्लूएफकाे कार्यालयअगाडि मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
कार्यक्रममा सहभागी पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले पशुलाई मनोरञ्जन या अन्य प्रयोजनका नाममा थुन्ने काम सही नभएको बताइन्। त्यस्तै अभियन्ता कल्याण सिलवालले भने, ‘पशुलाई जे गर्दा पनि हुन्छ भन्ने सोच गलत हो। संसार सबैको साझा हो। मान्छेले मनोरञ्जन या अन्य नाममा पशुदाेहन या पशुहत्या गर्ने गरेका छन्, यसमा कमी आउनुपर्छ। निहत्था पशुमाथिको अन्याय रोकिनुपर्छ।’
यता, संरक्षणकै क्षेत्रमा लामो समय काम गर्दै आएकी सृष्टिसिंह श्रेष्ठले बनका हुन् या सडकका, सबै जनावरप्रति राज्यको जिम्मेवारी रहेकोमा जोड दिइन् । सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाले बाघलाई खोरमा थुनेर पर्यटकलाई 'मनोरञ्जन' दिन थालेकोबारे पनि विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण