आर्सनल शीर्ष स्थानमा फर्कियो, सिटीको जितमा फोडेनको ह्याट्रिक
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा लुटन टाउनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले ३० खेलबाट ६८ अङ्क बनाउँदा एक खेल कम खेलेको लिभरपुल भने ६७ अङ्कका साथ दोस्रो स्थानमा झरेको छ ।
बुधबार राति आर्सनलाई जिताउनका लागि मार्टिन ओडगार्डले एक गोल गर्दा अर्को गोल भने उपहार पाएको थियो । ओडगार्डले के हार्भाटेजको पासमा गोल गर्दै २४ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए ।
४४ औँ मिनेटमा लुटनका डाइकी हशीओकाले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि आर्सनल अन्ततः २–० को जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो । पराजित भएको लुटन टाउन भने २२ अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ भने उसमाथि रेलिगेसनको खतरा बढ्दै गएको छ ।
प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने एस्टन भिल्ला चौथो स्थानमा यथावत रहेको छ । सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलको समान ६७ अङ्क हुँदा चौथो स्थानमा रहेको एस्टन भिल्ला भने ८ अङ्कले पछि रहेको छ ।

बुधबार राति सिटीलाई जिताउनका लागि फिल फोडेनले ह्याट्रिक गर्दा रोड्रीले एक गोल थपेका थिए । भिल्लाका लागि जोन डुरनले एक गोल फर्काए ।
रोड्रीले ११ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा भिल्लाका जोनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि फिल फोडेनले ह्याट्रिक पूरा गर्दा सिटी फराकिलो अन्तरले विजयी भयो । फोडेनले पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए ।
६२ औँ र ६९ औँ मिनेटमा लगातार गोल गर्दै उनले ह्याट्रिक नै पूरा गरेपछि सिटी अन्ततः ४–१ को फराकिलो अन्तरले विजयी भयो । अर्को खेलमा ब्रेन्टफोर्ड र ब्राइटनले भने गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत आज राति सवा १२ बजे लिभरपुल र सेफिल्ड युनाइटेड तथा १ बजे चेल्सी र म्यानचेस्टर युनाइटेड आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण