विदेशमा बसेका नेपालीहरूका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था
काठमाडौँ । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।
आज विभागस्थित कार्यालयमा एक कार्यक्रमबिच गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो । नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गरे । उनले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढङ्गले कन्सुलर सेवा हरेकले प्राप्त गर्न सक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताए । उनले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्न सक्ने गरी व्यवस्था गर्ने पनि बताए । उनले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्न सक्ने व्यवस्था गर्न लागेको बताए ।
उनले नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रको लागि गाउँपालिका, नगरपालिकाहरूबाट नै गर्न सक्ने अनलाइन प्रणालीको व्यवस्था गरिसकेको बताए । कन्सुलर सेवालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने काममा सरकार लागिरहेको उनले जिकिर गरे ।

चालु आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म विभागले प्रमाणीकरणका लागि सेवा प्रवाह गरिएका सेवाग्राहीको सङ्ख्या ३ लाख ७२ हजार ४२९, अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिने सेवाग्राही सङ्ख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरण गरिएका कागजातको सङ्ख्या ४ लाख २९ हजार ७४५, अनलाइन कन्सुलर प्रमाणीकरण गरिएका कागजातको सङ्ख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरणबाट उठेको राजश्व रकम २१ करोड ६१ लाख ७७ हजार ५३९ रहेको बताएको छ ।
त्यस्तै विभागले आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबाट उठेको जम्मा राजश्व १५ करोड १८ लाख ७५ हजार ५ सय, अन्य कागजातबाट उठेको राजश्व ६ करोड २९ लाख ९७ हजार उठेको बताएको छ । त्यस्तै आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरूको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको सङ्ख्या ५ सय ९३, विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरू नागरिकहरूको क्षतिपूर्तिको रकम माग गर्न पठाइएको सङ्ख्या २०१, विदेशमा मृत्यु भएका नेपालीहरूको शव झिकाउने तथा विदेशमा दाहसंस्कार गरिएको सङ्ख्या १५२ रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण