बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रामायणमा अयोध्याको सेट बनाउन ११ करोड खर्च

बिहीबार, २२ चैत २०८०, १६ : २४
बिहीबार, २२ चैत २०८०

नयाँ दिल्ली । रणवीर कपूर अगामी फिल्म रामायणलाई लिएर चर्चामा छन् । फिल्मको सुटिङ बालकलाकारहरूको साथमा सुरु भइसकेको छ । 

हरेक दिन फिल्मसँग सम्बन्धित नयाँ नयाँ खबर बाहिर आइरहेका छन् । मल्टी–स्टारर यो फिल्म हलमा गएर हेर्ने दिन कुरेर दर्शकहरू पनि बसिरहेका छन् । यो फिल्ममा रणवीरले भगवान् रामको भूमिका निभाउने बताइएको छ । यो फिल्म ठुलो बजेटमा बन्न लागेको छ । शीर्ष कलाकारहरूले फिल्मका लागि मोटो रकम लिएका छन् ।

यस्तोमा फिल्मको सेट पनि त महँगो नै हुने भयो । सामाजिक सञ्जालमा फिल्मको सेटको तस्बिर भाइरल भइरहेका छन् । फिल्मका निर्माताहरू यतिबेला फिल्मको सुटिङमा व्यस्त छन् । फिल्ममा अयोध्या देखाउने सेटमा निकै मिहेनत भइरहेको छ । यसका लागि ठुलो रकम खर्च गरिएको छ । सञ्चार माध्यममा छापिएका खबरलाई पत्याउने हो भने फिल्मको लागि सेट बनाउन ११ करोड भारु खर्च गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फिल्मको निर्माण टिमका एक सदस्यले शेयर गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप