मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बिहीबार, २२ चैत २०८०, २२ : २९
बिहीबार, २२ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।  मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए । 

मुख्यमन्त्री चौधरीले सरकार टिकाउन साना दललाई सरकारमा प्रवेश गराएपनि अन्ततः उनले बहुमत जुटाउन सकेनन्। अन्तिम समयमा जसपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि उनको बहुमत जुट्ने सम्भावना टरेको थियो । त्यसलगत्तै चौधरीले  राजीनामा दिएका छन् ।

यसअघि लुम्बिनीमा तीनवटा सरकार बने। २०७४ को फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीमा शङ्कर पोखरेल नियुक्त भएका थिए। एमाले र माओवादी एकीकृत भई नेकपाकालमा बनेको उनको सरकार पार्टी विभाजनसँगै २०७८ साउन २७ गतेसम्म ढलेको थियो।

त्यसलगत्तै साउन २८ गते कांग्रेसको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री केसीले २०७९ पुससम्म सरकारको नेतृत्व गरेका थिए । 

त्यसपछि  ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेता लीला गिरी २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भए। उनलाई माओवादी केन्द्रसहितका दलको समर्थन थियो। 

केन्द्रमा भएको गठबन्धन परिवर्तनपछि गिरीको सरकार ०८० वैशाखमा ढलेको थियो ।  कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी ०८० वैशाख १४ गते माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । 

लुम्बिनीकाे पाँचौँ मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुने भएका छन् । उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन  रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप