शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

म्याट्रिक्स ५ बनाउँदै वार्नर ब्रदर्श, निर्देशक फेरिने

बिहीबार, २२ चैत २०८०, १७ : ३१
बिहीबार, २२ चैत २०८०

लस एञ्जलस । अमेरिकी फिल्म स्टुडियो कम्पनी वार्नर ब्रदर्शले आफ्नो चर्चित फिल्म फ्रेन्चाइजी म्याट्रिक्सको पाँचौ भाग बनाउने भएको छ । सन् २०२१ मा म्याट्रिक्सको चौथो भाग म्याट्रिक्स रिसरेक्शन आएको थियो । 

स्टुडियोले फिल्मको पाँचौँ हिस्साको घोषणा गरेको छ । अहिले मेकरहरू फिल्मको तयारीमा जुटेका छन् । तर फिल्ममा लाना या लिली वाचोवस्की निर्देशकको रूपमा नरहने बताइएको छ ।

एउटा चर्चाका अनुसार द मार्टियनका स्क्रिप्ट लेखक डू« गोडार्ड फिल्म निर्माण गर्नेछन् । साथै उनले सारा एसबर्गसँग मिलेर फिल्मको स्क्रिप्ट पनि लेख्ने बताइएको छ । म्याट्रिक्स फ्रेन्चाइजीको चौथो भागका निर्देशक बाचोवस्की भने म्याट्रिक्स ५ मा कार्यकारी निर्माताका रूपमा रहने बताइएको छ । म्याट्रिक्स रिसरेक्शन्सलाई विश्वभर निकै मन पराइएको थियो । फिल्मलाई दर्शकको मात्रै होइन समीक्षकले पनि प्रशंसा गरेका थिए । नयाँ फिल्ममा कलाकारहरूको नामबारे स्पष्ट जानकारी आएको छैन ।

फिल्ममा नियो र ट्रिनिटीको भूमिका निर्वाह गरेका कीनू रीव्स र क्यारी एनी मोस यसमा हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट भएको छैन । फिल्मको अघिल्ला तीन संस्करणको सफलता पछि वार्नर ब्रदर्शले फिल्मको चौथो हिस्सा बनाउन खोजेको थियो । तर लामो समयसम्म वाचोवस्कीले यसो गर्न मानेनन् । म्याट्रिक्स रिलोडेड र रिभोलुशन आएको करिब २० वर्षपछि २०२१ मा चौथो हिस्सा आयो । यो फिल्ममा वाचोवस्कीको एकल निर्देशनमा बनेको थियो । फिल्मले विश्वभर बक्स अफिसमा १५ करोड ९० लाख डलर कमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप