एसएमएस फ्रेन्डसिप कप : प्रतियोगिताबाट बाहिरिएको बरोडालाई फाइनल पुगेको नेपालको चुनौती
शुक्रबार, २३ चैत २०८०, ०६ : ४५
काठमाडौँ। नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दै छ। खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो।
तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो। नेपालले शतप्रतिशत जितसहित ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ। दुवै खेलमा बरोडालाई पराजित गरेको गुजरातको भने ४ अङ्क रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण