एचबिओले किन्यो ‘द रेड सुटकेस’
काठमाडौँ । हलिउडको जेठो फिल्म च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ)ले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटिटी वितरण अधिकार किनेको छ । एचबिओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको सेटलाइट र ओटिटी वितरण अधिकार किनेको हो ।
फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले ओटीटी अधिकार लिएसँगै लगानी सुरक्षित भएको छ । हलिउडको भेराईटी म्यागेजिनका अनुसार एचबिओले मलेसिया र ब्रुनाईमा यो फिल्मको बिक्री वितरण तथा प्रदर्शनको अधिकारी सुराया फिल्मस्लाई बिक्री गरेको छ ।
एचबिओ अन्तर्गत अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया–हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरिया देशमा फिल्म वितरण हुनेछन् । निर्माता पोखरेलले उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि फिल्मको बिक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग वार्ता भइरहेको बताए ।
फिडेल देवकोटाले डेब्यू’ निर्देशनमा बनेको यो फिल्म ‘भेनिस फिल्म फेस्टिभल’को होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो । सो फेस्टिभल रनमा जुरिच र मुम्बई समावेश थिए ।
फिल्ममा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायतको मुख्य भूमिका रहेको छ । आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण