सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको अवसरमा सामसङले ल्यायो अफर, के–केमा पाइन्छ छुट ?

शुक्रबार, २३ चैत २०८०, १६ : ४२
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नयाँ वर्षको उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैँलाई’ नाम अफर ल्याएको छ ।  जसमा ग्राहकहरूले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिजका साथै वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस्तै ग्राहकहरूले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको  खरिद गर्न सक्नेछन् । 

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ। मात्र आफ्नो नागरिकता पेस गरी ग्राहकहरुले ५५” वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् भने इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् । यसैगरी ४३” वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन्। सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नेछन् ।  अझ छानिएका सामसङको ७५” भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५“ र ६५“ युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोन मा  रु. ५०००को छुट पाउन सक्नेछन् । 

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गरेको छ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न पनि सक्नेछन् । यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५“ र ६५“ ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा रु. ५५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप