सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

किन भिड्न लागे जेठ १० मा पूजार सार्की, फर्की फर्की र दान्भी ?

शुक्रबार, २३ चैत २०८०, १७ : ५४
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नेपाली फिल्मका निर्माता विदेशीसँग भाग्ने र स्वदेशी फिल्मसँग भिड्ने नौलो होइन । कहिलेकाहीँ भिडन्त राम्रो मितिका कारण हुन्छ, भने कहिले इगो साँध्न समेत गरिन्छ । इगो निर्माता निर्माताबिच, निर्देशक निर्देशकबिच भए पनि हुन्थ्यो । निर्माता र वितरक, निर्देशक कलाकारको इगोले फिल्म भिड्ने गर्छ ।

यस्तै नयाँ वर्षको जेठ १० रिलिज हुन लागेको तीन फिल्म ‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ बिच पनि इगोको लडाइ देखिएको छ । यी तीनमध्ये दुई फिल्म ‘स्टार’ कलाकारले भरिएका छन् । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह तीन स्टार रहेको ‘पूजार सार्की’ कलाकारको ‘लाइनअप’ बलियो भएको फिल्म हो ।

अनमोल केसी र जसिता गुरुङको ‘फर्की फर्की’ फिल्म पनि प्रतीक्षित सूचीमा छ । अनमोल र जसिताको जोडी पहिलो पटक एकसाथ ‘फर्की फर्की’ मा काम गरेका हुन् । ‘दान्भी’ भने पहिलोपटक पूजा शर्मा एक्सन भूमिकामा देखिँदैछिन् ।

यी तीन फिल्म एक अर्काेसँग भिड्नु इगोको लडाई हो । पूजार सार्की’ का निर्देशक दिनेश राउत र ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीको दुस्मनीका कारण यी दुई फिल्म भिड्न लागेको हो । केही अगाडि फिल्म ‘छब्बीस करोड’ सँगै गर्ने तयारी गरेका राउत र अधिकारीबिच उक्त प्रोजेक्टकाे सिलसिलामा मनमुटाब भएको थियो । सोही कारण ‘फर्की फर्की’ सँग निर्देशक राउतले ‘पूजार सार्की’ जुधाएको बताइन्छ ।

‘फर्की फर्की’ ले धेरै अगाडि आफ्नो प्रदर्शन मिति जेठ १० सार्वजनिक गरेको थियो भने ‘पूजार सार्की’ शुक्रबार मात्र यो मितिमा आउने घोषणा गरेको हो । त्यस्तै जेठ १० मा ‘दान्भी’ आउन लाग्नुमा भने अनमोल र पूजाबिचको दुस्मनी पनि भनिन्छ । अनमोलले पूजाको एउटा फिल्ममा काम गर्ने सम्झौता गरेर पछि हात झिकेका थिए ।

जसले गर्दा पूजालाई ठुलो आर्थिक घाटा भएको थियो । त्यही रिस फेर्न पुजेला आफ्नो बलमा फिल्म  ‘दान्भी’ लाई जेठ १० ल्याएको बताइन्छ ।  त्यसो त जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको बिदा छ । यही दुई वटा बिदा लक्षित गर्दै आफूले फिल्म प्रदर्शनमा गर्न लागेको निर्माताहरू भने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप