दुई गोलको अग्रता गुमाउँदै बायर्न स्तब्ध, लेभरक्युजन उपाधिबाट एक जित टाढा
म्युनिख । दुई गोलको अग्रता गुमाउँदै हेडनहाइमसँग बायर्न म्युनिख पराजित भएपछि बायर लेभरक्युजन बुन्डेस लिगाको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा बायर्न २–३ गोलले स्तब्ध बन्यो ।
पहिलो हाफमा ह्यारी केनको सिजनको ३२ औँ लिग गोल तथा सर्जी ग्नाब्रीको हेडरमार्फत बायर्नले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । तर, दोस्रो हाफमा हेडनहाइमले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल बराबरी गरेको थियो ।
केभिन सेसा र टिम क्लाइन्डेन्सटले हेडनहाइमका लागि बराबरी गोल गरे । ७९ औँ मिनेटमा क्लाइन्डेन्सटले दोस्रो गोल गरेपछि बायर्न पराजित हुन पुग्यो ।
उता शनिबार नै भएको खेलमा बायर लेभरक्युजनले १० खेलाडीमा सीमित युनियन बर्लिनमाथि १–० को जित हासिल गर्यो । पहिलो हाफको इन्जुरी समयमा फ्लोरियान विर्टजले पेनाल्टीबाट टोलीका लागि निर्णायक गोल गरे ।
६ खेल बाँकी छँदा लेभरक्युजनले लिगको अङ्क तालिकाको शीर्ष स्थानमा १६ अङ्कको अग्रता बनाएको छ । २८ खेलबाट टोलीको ७६ अङ्क छ । दोस्रो स्थानको बायर्न ६० अङ्कमा सीमित छ । अब अर्को खेलमा वेर्डर ब्रेमनलाई घरेलु मैदानमा हराए ज्याभी ओलन्सोको टोलीले पहिलोपटक लिग उपाधि हात पार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण