मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
कास्की । गण्डकीमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । नेपाली कांग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिको विरोध गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको बताए ।
‘तयारी गर्दैछौं, सम्भव भएसम्म आजै अदालत जानेबारे छलफल भइरहेको छ’, उनले रातोपाटीसँग भने । अधिकारीलाई आजै प्रदेश प्रमुख डिल्ली भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने शपथ केही बेरमा हुँदैछ । अधिकारीको नियुक्तिपछि कांग्रेसका सांसदहरू मुख्यमन्त्रीको निवासमा भेला भएका छन् ।
दलका नेता सुरेन्द्रराज पाण्डेले असंवैधानिक नियुक्ति भएकोले नस्विकार्ने प्रतिक्रिया दिए । ‘संविधानअनुसार भए मान्ने हो । असंवैधानिक काम कसरी स्वीकार्ने’,उनले रातोपाटीसँग भने, ‘कानुनी प्रक्रियामा जानुको विकल्प छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण