शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

आइतबार, २५ चैत २०८०, १९ : २९
आइतबार, २५ चैत २०८०

काठमाडौँ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् । २०७८ सालमा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि वैशाख १६ गते पेशी तोकिएको छ । प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनालाई भने सफाइ दिइएको छ ।

न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप थियो ।

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप