टियागो ईभीमा एक लाख मूल्य वृद्धि
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक, सिप्रदी ट्रेडिङले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।
सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो । टियागो इभी नेपालको विद्युतीय चार पाङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । हालसम्म यस गाडीका १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ ।
यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्साएको रुचि र मागको कारण मार्च सम्म लम्बाइएको थियो । कम्पनीको अनुसार २०२४ अप्रिल ५ देखि टियागो इभीको सुरुवाती मूल्यको अवधि सकिएको छ । जसअनुसार नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरूमा एक लाखले मूल्य वृद्धि भएको छ ।
टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीका पाँच वटा प्रमुख विशेषताहरू कार्य कुशलता, प्रविधि, विश्वसनीयता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण