शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टियागो ईभीमा एक लाख मूल्य वृद्धि

सोमबार, २६ चैत २०८०, १० : ४१
सोमबार, २६ चैत २०८०

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक, सिप्रदी ट्रेडिङले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।

 सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो ।  टियागो इभी नेपालको विद्युतीय चार पाङ्ग्रे सवारी साधनको  बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । हालसम्म यस गाडीका १ हजार ५०० भन्दा बढी सन्तुष्ट  ग्राहकहरू रहेको र यो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ ।

 यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्साएको रुचि र मागको कारण मार्च सम्म लम्बाइएको थियो ।  कम्पनीको अनुसार २०२४ अप्रिल ५ देखि टियागो इभीको सुरुवाती मूल्यको अवधि सकिएको छ ।  जसअनुसार नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरूमा एक लाखले मूल्य वृद्धि भएको छ ।   

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ । 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीका पाँच वटा प्रमुख विशेषताहरू कार्य कुशलता, प्रविधि, विश्वसनीयता, चार्जिङ र आरामदायिता रहेका छन् । अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप