मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू

सोमबार, २६ चैत २०८०, १३ : ५९
सोमबार, २६ चैत २०८०

विराटनगर ।  कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू भएको छ । प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो । 

बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । बैठकले मन्त्रीहरूको राजीनामा बुझाउन निर्देशन नदिए पनि नयाँ सरकार बनाउने विषयमा ठोस निर्णय गर्न सक्ने स्रोतको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप