रुसमा रेल्वे ट्र्याकमा पुल खस्दा एकको मृत्यु
मङ्गलबार, २७ चैत २०८०, १० : ०२
मस्को । पश्चिमी रुसमा रेल्वे ट्र्याकमाथि सडक पुल खस्दा एक जनाको मृत्यु भएको छ । पनिन्स्की ओभरपास खस्दा एक महिलाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अन्य पाँच जना घाइते भएको बताइएको छ ।
सोमबारको यस घटनापछि भ्याज्मा, स्मोलेन्स्की क्षेत्रमा सबै रेल सेवा रोकिएको थियो । ग्यास पाइप लाइनमा क्षति पुग्दा करिब ८ हजार घर परिवार ग्यास विहीन बनेका बताइएको छ । यस घटनाबारे छानबिन सुरु गरिएको छ । पुरानो भएकोले पुल खसेको स्थानीय समाचार च्यानलले भनेको छ । उक्त पुललाई बनाउन स्थानीयहरूले बारम्बार अधिकारीहरूसँग अनुरोध गरेका थिए ।
पुलको सात ओटा मध्ये छ ओटा खण्ड खसेको थियो । घाइते तीन जनालाई उपचारका लागि राजधानी मस्कोमा लगिएको छ । १४ वर्षकी एक किशोरीको भने स्थानीय अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण