बालुवाटारमा बैठक लम्बिँदा संसद् बैठक बस्न ढिलाइ
काठमाडौँ । प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बसिरहेको छ । बैठक लम्बिँदा प्रतिनिधि बैठक सभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै विद्युतीय व्यापार विधेयक २०८० लाई समितिमा पठाउने, शून्य र विशेष समयका साथै सो समयमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद् चल्न नदिने यसअघि नै चेतावनी दिएको छ । साथै आज बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनका लागि माग गर्ने निर्णय गरेको छ ।
संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री लामिछाने, कांग्रेस सांसद कृष्ण सिटौला, गगन थापा लगायतका नेताहरूबिच बालुवाटारमा छलफल भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण