सरकार युवालाई आत्मनिर्भर बनाउन प्रयासरत छ : उपप्रधानमन्त्री श्रेष्ठ
भक्तपुर । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार युवा जनशक्तिलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगारमूलक दिशामा अघि बढाउन प्रयासरत रहेको बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले भक्तपुरको सानोठिमीस्थित एसओएसमा आयोजना गरेको चारदिने नमुना संयुक्त राष्ट्र सङ्घीय अभ्यास‐२०२४ को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली युवालाई हरेक क्षेत्रबाट सक्षम बनाउन सरकार लागिरहेको बताए । उनले संविधानले नागरिकको मौलिक हकको रूपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीलाई कार्यान्वयन गर्न सरकार मिहिनेतपूर्वक लागिरहेको उल्लेख गर्दै नेपाली युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यासले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट अनलाइन प्रतिस्पर्धाबाट छनोटमा परेका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय युवा सहभागी रहेको अभ्यास कार्यक्रम युवाको क्षमता विकासका लागि महत्त्वपूर्ण रहने बताए । उनले युवालाई राष्ट्र सङ्घीय अभ्यास, दिगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय कूटनीतिक, जलवायु परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद्लगायतका विषयमा प्रशिक्षण दिइने बताए ।
कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको चर्चा गर्दै युवाले राष्ट्र सङ्घीय अभ्यास बुझ्नु अत्यन्तै जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण