केनको गोल तर रोकियो बायर्न
बुधबार, २८ चैत २०८०, ०७ : २०
लण्डन । ह्यारी केन इंग्ल्याण्ड फर्किँदा गोल गरे पनि बायर्न म्युनिख आर्सनलसँग बराबरी खेल्न बाध्य बनेको छ । मंगलबार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तरगत पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको हो ।
खेलमा अग्रता घरेलु टोलीले लिएको थियो । बुकायो साकाले १२ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । तर ६ मिनेटपछि नै सर्जी ग्नाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए । ३२ औँ मिनेटमा पेनाल्टीबाट ह्यारी केनले बायर्नलाई अग्रता दिलाए । आर्सनलविरुद्धको २० खेलमा उनको यो १५ औँ गोल थियो ।
दोस्रो हाफ पनि रोमाञ्चक रह्यो । ७६ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले ग्याब्रियल जिसुसको पासमा गोल गर्दै खेल बराबरी गरे । अब दोस्रो लेग १७ अप्रिल बुधबार बायर्नको घरेलु मैदानमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण