संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : सचेतक थिङ
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएकी छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि संसदीय छानबिन समिति गठनको माग गरे पनि सरकारले बेवास्ता गरेको बताइन् ।
उनले भनिन्, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु काँग्रेसको गल्ती भयो त ?’
उनले नेपाली कांग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद् सुचारु भएपछि जहिले छलफल गरे पनि हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण