बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : सचेतक थिङ

बुधबार, २८ चैत २०८०, १५ : १८
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएकी छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि संसदीय छानबिन समिति गठनको माग गरे पनि सरकारले बेवास्ता गरेको बताइन् । 

उनले भनिन्, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु काँग्रेसको गल्ती भयो त ?’

उनले नेपाली कांग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद् सुचारु भएपछि जहिले छलफल गरे पनि हुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप