राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण
बुधबार, २८ चैत २०८०, २० : ३३
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्त्व झल्काउने गरी अध्यक्षज्यूसँग सहकार्य गर्ने र सबै माननीयज्यूहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु ।’
संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढङ्गले आफ्नो पद सम्हाल्ने विश्वास उनले दिलाइन । बुधबारै भएको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण