एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ
बुधबार, २८ चैत २०८०, २१ : ५९
नवलपरासी । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। कावासोतीमा सम्पन्न एमाले नवलपुरको नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटालाई सर्वसम्मत चयन गरिएको एमाले नवलपुर जिल्ला इञ्चार्ज मना केसी जिसीले जानकारी दिए । अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ ।
सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा कूल सात सय ५१ प्रतिनिधि सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण