‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित ‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले सेवा लिएका छन् । विगत ४ महिना अघिदेखि सञ्चालनमा आएको सेन्टरबाट विष सेवन गरेका ११० जना बिरामीबाट स्वास्थ्यकर्मीले परामर्श लिएका हुन् ।
विष सेवन गरेका ११० जना बिरामीमध्ये १०६ जनाको सफल उपचार भएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा सेन्टरका संयोजक डा.राकेश घिमिरेले बताए । त्यसमध्ये ४ जनाको निधन भएको उनले बताए ।
‘दैनिक रुपमा सरदर विष सेवन गरेका बिरामीका लागि सुझाव लिन फोन आउने गरेको छ,’ उनले भने, ‘सेवासँगै यसलाई अनुसन्धानकै रुपमा सुरुवात गरेका छौँ, यसले विष सेवन गरेका बिरामीलाई उपचार गर्दा स्वास्थ्यकर्मीलाई समेत विज्ञहरूमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गरेको छ ।’
विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरूमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने गरिएको डा.घिमिरे सुनाए । उनका अनुसार नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । त्यसमध्ये २० प्रतिशतले विष सेवन गरेको डा.घिमिरेले बताए ।
सो केन्द्रले २४ सै घण्टा आवश्यक सूचना उपलब्ध गराएको समेत उनले दाबी गरे । विष सेवन पछिको उपचारका विषयमा कुनै जानकारी लिनुपरेमा ०१–४५०२०११ मा फोन गर्न सकिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण