नेपाल सांस्कृतिक महासंघको कल्याणकारी कोष स्थापना

काठमाडौँ । नेपाल सांस्कृतिक महासंघले कलाकार, स्रष्टा, सर्जक लगायतलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हिसाबले कल्याणकारी कोष स्थापना गरेको छ । महासंघका सल्लाकार कलाकार निर्देशक नीर शाहको उपस्थितिमा महासंघका अध्यक्ष तीर्थबहादुर थापाको अध्यक्षतामा बुधवार राजधानीमा बसेको केन्द्रीय समिति बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको हो ।
कोष स्थापनाकै दिन कोषमा ४ लाख ५१ हजार बढी रकम जम्मा भएको छ । संघका केन्द्रीय सदस्य धर्मराज पोखरेलले एक लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोगबाट सुरु भएको कल्याणकारी कोषका लागि थुप्रै केन्द्रीय सदस्यहरूले सहयोग गरेका थिए । कल्याणकारी कोषलाई ६ महिनामा ५० लाख पुर्याउने लक्ष्य रहेको महासंघका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक अर्जुन गिरीले बताए । ‘कोष महासङ्घमा आबद्ध कलाकर्मीलाई गाह्रो सारो पर्दा सहयोग गर्ने हेतुले स्थापना भएको हो’ गिरीले थपे ।
तीर्थबहादुर थापा अध्यक्ष रहेको नेपाल सांस्कृतिक महासङ्घमा ७५ जना केन्द्रीय सदस्यहरू रहेका छन् । रतनकुमार राई र डा. कुशुभाकर न्यौपानलाई महासंघको सल्लाहकारमा समेत नियुक्त गरेको बुधबारको बैठकले ‘मेची महाकाली लोकतान्त्रिक सांस्कृतिक अभियान अन्तर्गत ‘विमलराज क्षेत्री एकल लोकतान्त्रिक सांस्कृतिक अभियान’ समेत सञ्चालन गर्ने निर्णय गरेको छ । जसको संयोजकमा लोकप्रिय लोकगायक विमलराज क्षेत्रीलाई तोकेको छ ।
बैठकले महासंघको सदस्यता वितरण, केन्द्रीय प्रतिनिधि चयन, थप विभाग गठन लगायत आधा दर्जन बढी विषयमा छलफल र निर्णय गरेको गिरीले जानकारी दिए । नेपाल सांस्कृतिक महासंघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
-
चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा