आठमौजा छोटी भन्सार चाँडै सञ्चालनमा आउने
दमक । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिएका हुन् ।
छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताए । आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उनको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ ।
सरकारले आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय लिएपनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।
उद्योग वाणिज्य सङ्घ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किदै गएको बताए । भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।
लामो समयदेखि भन्सार कार्यालय नहुँदा स्थानीयले सास्ती भोगिरहेका थिए । गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन् । सीमाका भारतीय वजारबाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदै आएको छ ।
आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
-
सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
-
कैलालीमा हिट एन्ड रन : फरार भारतीय नागरिक पक्राउ
-
शंकर पोखरेलको प्रश्न : अब त ‘पपुलिजम’ के रहेछ भन्ने प्रस्ट भयो होला नि ?
-
भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
-
ओली हटाउने पक्षमा गण्डकी एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण