भदौ १९ मा प्रदर्शन हुने फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक
सारांश
- कमेडी दरबार टिमले निर्माण गरेको फिल्म 'ककाकिकी' को पहिलो झलक सार्वजनिक भएको छ।
- यो फिल्म भदौ १९ गते प्रदर्शनमा आउने छ र यसको प्रचार प्रसार सुरु भएको छ।
- फिल्मका निर्देशकहरूले मिहिनेत गरेर बनाएको र दर्शकको प्रतिक्रियाको पर्खाइमा रहेको बताएका छन्।
काठमाडौँ । ‘कमेडी दरबार’ टिमले बनाएको फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरू आफ्नो गाउँका लागी केही गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् ।
माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको आगामी भदौ १९ मा प्रदर्शनमा आउने ‘ककाकिकी’ को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचार प्रसारको काम औपचारिक रूपमा सुरु भएको जानकारी गराएको छ ।
फिल्मका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले आफूहरूले मिहिनेत गरेर बनाएको फिल्म अब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरू सन्तुष्ट रहने बताए । निर्देशक बिक्की भन्छन्, ‘अहिले नै हामीले यस्तो उस्तो फिल्म बनाएका छौँ भन्दैनौँ, राम्रो बनाउने कोशिस गरेका छौँ बाँकी दर्शकको हातमा छ ।’
यस्तै, निर्देशक श्रृद्धा सम्पूर्ण कलाकार तथा प्राविधिक टिमले आफूहरूलाई निकै साथ दिएकाले पनि फिल्म राम्रो बनेकोमा ढुक्क छिन् । पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले फिल्ममा काम गर्दाका अनुभव साटेका थिए । फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय छ ।
फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको काम विश्वास तिमल्सिना (बिटी कान्छा) ले गरेका छन् ।
सुदिप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक विशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् ।
फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण