सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी

सोमबार, २२ असार २०८३, ११ : ०३
सोमबार, २२ असार २०८३

काठमाडौँ । गत शुक्रबार गृह मन्त्रालयले ४२ उपसचिवको सरुवा गर्‍यो । सरुवामा सहसचिवको दरबन्दी रहेका जुम्ला र डडेलधुरामा प्रमुख जिल्ला अधिकारी बनाएर उपसचिवलाई पठाइयो । गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट जुम्लामा उपसचिव तेजप्रकाश प्रसाईं र डडेलधुरामा उपसचिव मिना अर्याललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइयो ।

जबकि मन्त्रालयको अतिरिक्त समूह (जडेगा)मा दुई सहसचिव जिम्मेवारीविहीन भएर बसिरहेका छन् । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अनुसार सहसचिवद्वय भूपेन्द्र थापा र पुष्पराज शाही जगेडामा छन् । तर, सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई जिम्मेवारी दिएपछि गृहकै कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।

 ‘प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ अनुसार जुम्ला र डडेलधुरालाई सहसचिव सीडीओ भएर खटिने ‘ग’ वर्गमा राखिएको छ । 

गृहमा सहसचिव मात्रै होइन ३ उपसचिव पनि जगेडामा रहेका कर्मचारी प्रशासन शाखाले जनाएको छ । शाखाका अनुसार मोहन न्यौपाने, दिनेश थानी र कृतनराज पौडेल अतिरिक्त समूहमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप