लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने
शुक्रबार, ३० चैत २०८०, ०७ : ४१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो एक बजेका लागि प्रदेशसभाको बैठक बोलाएका छन् ।
लुम्बिनी प्रदेशसभा नियमावलीको नियम १२ अनुसार बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । प्रदेशसभाका ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ । महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम अगाडि बढाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत