२२ वर्षीया युवती मृत्यु प्रकरण : आफन्तले कर्णाली प्रदेश अस्पताल परिसरमा चर्काए आन्दोलन
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २२ वर्षीया युवतीको मृत्यु भएको विषयलाई लिएर अस्पताल परिसरमा उनका आफन्तहरुले आन्दोलन चर्काएका छन् । पाठेघरको सफा गर्ने क्रममा डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरु बिहीबारदेखि नै आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार दिउँसो अस्पताल प्रशासनसँग वार्ता हुँदा पनि सफल नभएपछि आफन्तहरु फेरि आन्दोलनमा उत्रिएका हुन् । दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको बिहीबार दिउँसो तीन बजे मृत्यु भएको थियो । ७ महिने शिशुकी आमासमेत रहेकी भीमा सामान्य पेट दुखेको भन्दै हिँडेरै अस्पताल पुगेकी थिइन् ।
पाठेघरमा केही सालनाल रहेको भन्दै अप्रेसन गरेर सफा गर्दैगर्दा एक्कासि अस्पतालले मृत घोषणा गरेपछि आफन्तहरु अचम्ममा परे । अहिले आफन्तले अस्पताल परिसरमा ‘८ महिने शिशुको भविष्य ग्यारेन्टी गर, अस्पताल प्रमुख राजीनामा दे, हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका हुन् ।
आफ्ना मागहरु सम्बोधन नभएको खण्डमा आन्दोलन कायम रहने मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण